काठमाडौं । ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै उनले “आफ्नै गाउँ र माटोबाट परिवर्तनको सुरुवात” गर्ने संकल्प व्यक्त गरेका हुन्।
गुरुङले नयाँ शक्ति र नयाँ अनुहारमार्फत देशमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उम्मेदवारीको औपचारिक घोषणा गरेका हुन्। सामाजिक कार्यमा सक्रिय रहँदै आएका गुरुङको यो घोषणासँगै गोरखाको राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ। उनले युवा पुस्ताको प्रतिनिधित्व गर्दै ‘नयाँ नेपाल’ निर्माणको एजेन्डालाई अघि सारेका छन्।











