कञ्चनरूप, ३ माघ । सप्तरी जिल्लाको कञ्चनपुर क्षेत्रमा यात्रुबाहक बसमा सवार एक यात्रुको शुक्रबार निधन भएको छ ।
भैरहवाबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बसमा सवार तिरहुत घर भएका ५५ वर्षीय महेश मुखियाको यात्राकै क्रममा निधन भएको हो।
बस कञ्चनपुर क्षेत्रमा आइपुग्दा मुखियाको अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि उनी अचेत भएका थिए । सहयात्री र बस चालकले तत्काल उद्धारको प्रयास गरे पनि बाटोमै उनको मृत्यु भएको पुष्टि गरिएको प्रहरीले जनाएको छ ।
घटनापछि बस केही समय रोकिन पुगेको थियो। मृतकको शव आवश्यक प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















