कञ्चनरुप, २२ माघ। सप्तरीको शम्भुनाथ नगरपालिका–८ मा बुधबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
शम्भुनाथ–३ स्थित ट्राफिक चौकबाट लहानतर्फ जाँदै गरेको बाँस बोकेको प्र २–०१–००१ त २९१९ नम्बरको ट्याक्टरको हिच अचानक भाँचिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याक्टर चालक रुपनी गाउँपालिका–२ निवासी अन्दाजी २० वर्षीय किसन मण्डलको मृत्यु भएको हो।
दुर्घटनामा सोही स्थानका अन्दाजी १५ वर्षीय जितन मण्डल र अन्दाजी ३२ वर्षीय ललन ठाकुर गम्भीर घाइते भएका छन्। घाइतेमध्ये ठाकुर ट्याक्टरका धनी र मण्डल सहयोगी रहेको बताइएको छ ।
दुवै घाइतेलाई तत्काल उपचारका लागि रायपुरस्थित युनिक अस्पतालमा भर्ना गरिएको छ।












