राजनीति

नेपाली काँग्रेसको प्रतिज्ञा पत्र सार्वजनिक

जनकपुर । नेपाली काँग्रेसले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ।
जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजित कार्यक्रममा पार्टीले १० बुँदे भिजनसहितको प्रतिज्ञा पत्र सार्वजनिक गरेको हो।
कार्यक्रममा पार्टीका सभापति गगन कुमार थापाले मुलुकमा सुशासन, समृद्धि र नागरिकको सम्मान सुनिश्चित गर्ने उद्देश्यका साथ प्रतिज्ञा पत्र ल्याइएको बताउनुभयो।
उहाँले ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ मूल नारालाई आत्मसात गर्दै आगामी पाँच वर्षभित्र हासिल गर्ने लक्ष्य र प्रतिबद्धताहरू सार्वजनिक गर्नुभएको हो।

   

You cannot copy content of this page