समाचार समाज

सप्तरी प्रहरीद्वारा लेनदेन मुद्दाकी फरार प्रतिवादी साह पक्राउ

कञ्चनरुप, ७ चैत । सप्तरी प्रहरीले अदालतबाट लेनदेन मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्लाको रुपनी गाउँपालिका–६ तेर्हौता निवासी दुखनी कुमारी साहलाई खोजतलास गर्ने क्रममा शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
फैसला कार्यान्वयनको सिलसिलामा इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी साहलाई पक्राउ गरेको जनाइएको छ ।
प्रहरीका अनुसार सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजबाट लेनदेन मुद्दामा ९ महिना कैद सजाय तोकिएपछि फरार रहेकी साहलाई खोजतलास गर्ने क्रममा पक्राउ गरिएको हो।
पक्राउ परेकी साहलाई शुक्रबार नै आवश्यक कारबाहीका लागि सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।

   

You cannot copy content of this page