समाचार समाज

त्रियुगा खोला (चन्द्र नहर) मा ५५ वर्षीय विष्टको शव फेला

साँकेतिक तस्बिर
साँकेतिक तस्बिर

कञ्चनरुप, ७ चैत । सप्तरीको सप्तकोशी नगरपालिका–१ स्थित त्रियुगा खोलामा शुक्रबार एक ५५ वर्षीय पुरुषको शव फेला परेको छ। मृतक स्थानीय खोरिया टोल निवासी शेरबहादुर बिष्ट रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो चन्द्र नहरको हेडवर्क्स क्षेत्रमा पानीमा घोप्टो परेको अवस्थामा बिष्टको शव फेला परेको थियो ।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज पठाएको जनाएको छ।
शव परीक्षण सम्पन्न भएपछि मृतकको शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न नसकेको र यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

   

You cannot copy content of this page