समाचार

घुससहित विद्युत प्राधिकरण केन्द्र कंचनपुरका प्रमुख दास रंगेहात पक्राउ

साँकेतिक तस्बिर
साँकेतिक तस्बिर

कञ्चनरुप, २३ चैत । नेपाल विद्युत प्राधिकरण कञ्चनपुर, सप्तरी वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दास घुससहित रंगेहात पक्राउ परेका छन्।
सोमबार साँझ हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित एक होटेलबाट उनलाई पक्राउ गरिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले काम गरिदिए वापत सेवाग्राहीसँग रु १ लाख ४० हजार घुस लिइरहेको अवस्थामा दासलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका दासमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ।

   

You cannot copy content of this page