समाचार

कोशी ब्यारेजमा पानीको बहाव दुई लाख नाघ्यो, २५ ढोका खोलिए

कञ्चनरूप, १६ भदौ । कोशी ब्यारेजमा पानीको बहाव बढेर खतराको तह पार गरेको छ। मंगलबार राति ८:२० बजेको मापन अनुसार ब्यारेज भई बग्ने पानीको मात्रा २ लाख १० हजार ४४५ क्युसेक पुगेको छ।
पानीको सतह निरन्तर स्थिर (Steady) रहे पनि खतराको सूचक मानिने रातो बत्ती बालिएको छ र नियन्त्रणका लागि ब्यारेजका ५६ मध्ये २५ वटा ढोका खोलिएका छन्।
सम्बन्धित निकायले कोशी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र नदी किनारमा नजान आग्रह गरेको छ।

कोशी ब्यारेजमा पानीको प्रवाह १ लाख ५० हजार क्युसेक नाघेपछि सर्वसाधारणलाई सचेत गराउन खतराको सङ्केत स्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ ।

You cannot copy content of this page