समाचार स्वास्थ्य

सप्तकोसी नगरपालिकामा ५ शैय्याको कोभिड अस्पतालको उद्घाटन

खगेन्द्र कार्की 

फत्तेपुर (सप्तरी), मंसिर २२ गते । सप्तरीको सप्तकोसी नगरपालिकामा ५ शैय्याको कोभिड १९ अस्पतालको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । अस्पतालको उद्घाटन सप्तकोसी नगरपालिका नगर प्रमुख उत्तम कुमार शर्मा गौतमले गर्नुभएको थियो ।

नगरप्रमुख शर्माले उद्घाटन गर्दै स्वास्थ्य सेवा लिनको लागि यस भेगका जनताले टाढा जानू पर्ने बाध्यता हटेको बताउँनुभयो । कोरोना महामारीको बेला आकस्मिक स्वास्थ्य सेवा उपचार बाहेक अब सप्तकोसी मै एमबिबिएस डाक्टरद्वारा सेवा दिइने उहाँले बताउँनुभयो ।  

हाल सप्तकोसी नगरपालिकाको वडा नम्बर १० मा २२ शैय्याको आइसोलेसन मात्रै रहेको र यहाँबाट उपचार गर्न धरान ,बिराटनगर ,राजबिराज जानु पर्ने अबस्था लाई मध्यनजर गर्दै  आज ५ शैय्याको अस्पताल सुरुवात गरेको नगर प्रमुख शर्माको भनाइरहेको छ ।

अस्पतालमा आकस्मिक सेवा सहित अक्सिजन सहितको सेवा प्रबाह गरिने स्वास्थ्य शाखा प्रमुख महेश चौधरीले बताउँनुभयो ।

 अस्पताल उद्घाटन कार्यक्रममा  स्वास्थ्यकर्मि ,समाजसेवी, राजनितिक दलका प्रतिनिधी  लगायतको सहभागीता रहेको थियो ।

५ शैय्याको कोभिड १९ अस्पतालको उद्घाटन भएपछि सप्तकोसी बासी खुशी भएका छन् । 

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page