स्वास्थ्य

नेपालमा आज ७१० जनामा कोरोना संक्रमण ,११७५ जना डिस्चार्ज , थप १२ जनाको मृत्यु

सप्तरी , ४ पुष । नेपालमा आज थप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ११७५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। अहिलेसम्म नेपालमा २ लाख ४२ हजार ५६७ जना संक्रमणमुक्त भएका छन्।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७७७ पुगेको छ।
हाल ८ हजार ८४० सक्रिय संक्रमित छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page