आइतबार, १४ मंसिर २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, १४ मंसिर २०८३
राजनीति

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, वैशाख १७ र २७ गते गरी दुई चरणमा निर्वाचन हुने

काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले  मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्ति अनुसार, संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि जनता समक्ष जान २०७८ साल वैशाख १७ गते शुक्रवार पहिलो चरणमा र वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मन्त्रिपरिषद्ले सिफारिस गरे बमोजिम राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको उल्लेख गरिएको छ ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति
विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page