समाचार

दाङमा टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट लडेर एक युवक गम्भीर घाइते

दाङमा टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट लडेर एक युवक गम्भीर घाइते भएका छन् ।
शनिबार दिउँसो २ बजेतिर बबई गाउँपालिका ५ हापुरे स्थित पुरन्धारा छहरा नजिक रहेको झोलुङ्गे पुलमा झुन्डीएर टिकटक बनाउने क्रममा लडेर तुलसिपुर उपमहानगरपालिका १९ बिजौरीका २४ वर्षीय रमेश थापा गम्भीर घाइते भएका हुन् ।
थापाको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागि बाँकेको कोहलपुर मेडिकलमा रेफर गरिएको छ ।
थापा सहित २०/२५ जना साथीहरु पुरनधारा झर्नामा पिकनिक खान गएका थिए । त्यही क्रममा थापा टिकटक बनाउन भन्दै झोलुङ्गे पुलमा राखिएको सपोर्ट तारमा झुण्डिएका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page