बुधबार, १२ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १२ कात्तिक २०८३
बाग्मती प्रदेश

स्वरुप परिवर्तन गरी चलाउने ३४२ वटा मोटरसाईकल र चालकलाई कारवाही

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विगत १ महिनादेखि ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालक उपर विशेष अप्रेशन नै चलाई धमाधम कारबाही गरेको छ ।

मोटरसाईकलको साइलेन्सर परिमार्जन गरेर वा फेरेर, फिल्टर निकालेर ध्वनी प्रदुषण हुने गरी ठूलो आवाजमा गुडाउने र स्वरुप परिवर्तन गरी चलाउने ३४२ वटा मोटरसाईकल र चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाही गरेको छ ।
लापरबाही ढङ्गले र जिकज्याक रुपमा चलाउने, मोटरसाईकलको स्वरुप परिवर्तन गरेर चलाउने मोटरसाईकलहरुको विभिन्न माध्यमबाट नम्बर संकलन भईरहेको र यस्ता किसिमका मोटरसाईकलहरू कतै गुडिरहेको देखेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा जानकारी गराईदिनुहुन सम्पूर्ण नागरिकहरूमा महाशाखाले अनुरोध समेत गरेको छ ।

३४२ वटा मोटरसाईकल कारवाही

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page