स्वास्थ्य

कञ्चनरुपमा पूर्ण खोप सुनिश्चितता सम्बन्धी तीन दिने प्रशिक्षण सुरु

कञ्चनरुप , पुष १० गते । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले आजबाट कञ्चनरुप नगरपालिकामा सूक्ष्म योजना तयारी तथा पूर्ण खोप सुनिश्चितता सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तथा योजना तयारी गोष्ठी सुरु गरेको छ ।

सो कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले नेपालको संविधान २०७२ ले हरेक नागरिकको स्वास्थ्य सेवा पहुँच हुने व्यवस्था मौलिक हकमा राखेको हुँनाले सबै नागरिकलाई सरल र सुलभ तरिकाले स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्यकर्मीहरुले ध्यान पुर्‍याएर काम गर्नुपर्ने बताउनुभयो ।

यो गोष्ठीले पालिका स्तरको महत्त्वपूर्ण योजना समेत बनाउने भएकाले गोष्ठीको महत्त्व रहेको बनाउनुभयो ।
कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत रामसेवक यादव, सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ता, सुरेन्द्र प्रसाद यादव, लगायतका वक्ताहरूले स्वास्थ्य क्षेत्रलाई राम्रोमा राम्रो बनाउँदै जानु पर्नेमा जोड दिँदै हरेक नागरिकलाई सूक्ष्म तरिकाले अध्ययन गरी स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख दुनियालाल यादव
जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख दुनियालाल यादव

गोष्ठीमा कञ्चनरुप नगरपालिका , सप्तकोशी नगरपालिका र अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजकहरू, स्वास्थ्य संस्थाका इन्जार्जहरुको सहभागिता रहेको थियो ।

स्वास्थ्य कार्यालयका खोप अधिकृत रामनरेश ठाकुर, जनस्वास्थ्य निरीक्षक हिरेन्द्र प्रसाद साहले सहजीकरण गर्नुभएको थियो भने जिल्ला स्वास्थ्य कार्यालयका सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवको अध्यक्षतामा गोष्ठीको उद्घाटन भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page