मधेस प्रदेश समाज

राजविराजमा एक दिने बालविवाह रोकथाम तथा नियन्त्रण सम्बन्धि तालिम सम्पन्न

राजविराज , पुष १० गते । राजविराज नगरपालिका वडा नं १ मा बालिकाहरूलाई शुक्रबार बालविवाह सम्बन्धि तालिम दिईएको छ।
परिकल्पना नेपाल, सप्तरीको आयोजनामा संचालित बालविवाह रोकथाम तथा नियन्त्रण कार्यक्रम अन्तर्गत श्री महाकवि देवकोटा आधारभूत विद्यालयका छात्राहरुलाई बालविवाह सम्बन्धी एक दिने तालिम दिईएको हो।
तालिममा बालविवाहको अवस्था ,यसबाट पर्ने असर, बालिकाहरूको अधिकार विषयमा कसरी आवाज उठाउन सकिन्छ लगायत बिषयमा जानकारी दिईएको थियो ।
जिल्लामा अहिले पनि बालविवाहको डरलाग्दो अवस्था रहेको र ग्रामीण भेगमा अहिले पनि ८३ प्रतिशत बालविवाह भईरहेको तालिमका प्रशिक्षक नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिनुभयो।
उहाँले बालविवाह न्यूनीकरणका लागि बाल क्लब,विभिन्न समुह, संघसंस्थाको ,प्रशासनिक निकायको सहयोग लिई बालविवाह न्यूनीकरणका लागि बालबालिकाहरू अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।


आफू सुरक्षित रहन तथा हिंसाबाट जोगिन कस्ता कस्ता ठाउँमा छुदा हिंसा हुने बिषयमा बालबालिकाले जान्नुपर्ने बताउँदै सहभागीहरूलाई सचेत गराइएको परिकल्पना नेपालले जनाएको छ। बाल विवाह रोकथाम गर्न प्रदेश सरकारले बेटी बचाउ बेटी पढाऊ अभियान र दिईरहेको सेवा सुविधाहरूको बारेमा समेत जानकारी गराइएको थियो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page