स्वास्थ्य

सप्तरीको कञ्चनरुपमा मानसिक स्वास्थ्य सम्बन्धि ६ दिने आधारभूत तालिम सुरु

कञ्चनरुप , पुष १३ गते । सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाले आज सोमबारबाट छ दिने मानसिक स्वास्थ्य सम्बन्धि आधारभूत तालिम सुरु गरेको छ ।
तालिमको उद्घाटन गर्दे नगर प्रमुख बसन्त कुमार मिश्रले नगरबासीलाई स्वस्थ राख्ने वातावरण सृजना गर्नका लागि सक्रिय रुपमा काम गरेकै कारणले गर्दा नगरपालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आएको बताउँनु भयो ।
नागरीकले स्वस्थ जीवनयापन गर्ने व्यवस्था मौलिक हकमा रहेको हुँदा हरेक नागरीकलाई सरल र शुलभ तरीकाले स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत नगर प्रमुख मिश्रले दिनुभयो ।

मनोपरामर्श एवं कार्यक्रमका हिमाल गैरेले समाजलाई मानसिक रोगको विकराल अवस्थाबाट जोगाउन यो तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँनुभयो ।
नेपालमा मानसिक तनाव र रोगका कारण प्रतिदिन १५ देखि १७ जनाले आत्महत्या गर्ने गरेको र गत साल मात्रै ५ हजार ८ सय जनाले आत्महत्या गरेको तथ्याङ्कमा रहेको गैरेले जानकारी गराउँनु भयो ।
नगर प्रवक्ता एवं वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार साह, स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादव , सह–संयोजक सिअहेव अधिकृत डम्बरप्रसाद गुप्ता, सुरेन्द्र प्रसाद यादव, मानसिक परामर्श सेवा नेपालकी रञ्जना चौधरी, पोषण कार्यक्रमकी सहजकर्ता सुशीला चौधरी लगायतका वक्ताहरुले खासगरी गरिब परिवारमा मानसिक रोगीहरु बढी मात्रामा हुने भएकाले मनोवैज्ञानिक तरीकाले प्रत्येक नगरबासीलाई मानसिक रोगका बारेमा जानकारी गराउन सकेमा मानसिक रोगलाई न्यूनिकरण गर्न सकिने बताउँनुभयो ।
तालिममा कोशी अस्पताल विराटनगरका मनोचिकित्सक डा. प्रभात चालिसे , मनोपरामर्श एवं कार्यक्रमका हिमाल गैरेले सहजिकरण गर्नुभएको थियो भने निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज खडकाको अध्यक्षतामा तालिमको उद्घाटन भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page