समाज

सप्तरीमा मिलको फित्तामा कपाल बेरिएर १७ वर्षीया युवतीको मृत्यु

कञ्चनरुप, पुष १३ गते । सप्तरीमा मिलको फित्तामा कपाल बेरिएर एक युवतीको मृत्यु भएको छ ।
अग्नीसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर ६ रतवालाका राजदेव पण्डितकी १७ वर्षीया छोरी नोनिया पण्डितको आफैंले चलाएको कुटानी पिसानीको मिलमा रहेको फित्तामा कपाल वेरिएर मृत्यु भएको हो ।
उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो ।
शव पोष्टमार्टमको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

1 Comment

Click here to post a comment

  • Sarei danger hunx mil ko fitta
    rip sis mero gau tir ko baini hunu hudo roix sarei dukh lagyo 😪😪😪

You cannot copy content of this page