स्वास्थ्य

कञ्चनरुपमा ६ दिने मानसिक स्वास्थ्य सम्बन्धित आधारभूत तालिम सम्पन्न

उत्सव आचार्य /
कञ्चनरुप , २०७७ पुष १८ गते ।
मानसिक रोगी भएका व्यक्तिहरुलाई सबैले माया र प्रेम गरेमा उनीहरुमा राम्रो प्रभाव पर्न जाने कुरा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले एक कार्यक्रम बीच बताउनुभयो ।
कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कंचनपुर सप्तरीद्वारा आयोजित ६ दिने मानसिक स्वास्थ्य सम्बन्धित आधारभूत तालिम समापन कार्यक्रममा नगर प्रमुख मिश्रले सो कुरा बताउनु भएको हो ।
शारिरीक रोग भन्दा मानसिक रोग गम्भिर प्रकृतिको भएको हुनाले मानसिक रोगीको सुक्ष्म तरिकाले पहिचान गरी मनोवैज्ञानिक विधिद्वारा परामर्श गरी परिणाम र उपलब्धी हुनेगरी स्वास्थ्यकर्मीहरुले काम गर्नुपर्ने बताउँदै नगरपालिकामा मानसिक रोगीहरुको न्यूनिकरण गर्ने अभियान चलाउनु पर्ने नगर प्रमुख मिश्रले बताउनुभयो ।
कोशी अस्पताल विराटनगरका डा. प्रभात चालिसेले मानसिक रोगले हाम्रो ठाउँमा नराम्रो तरिकाले जरा गाडेको हुँदा रोगको राम्रो सँग पहिचान गरी सरल तरिकाले उपचारको विधि अपनाउनु पर्ने बताउनुभयो ।
सहभागि स्वास्थ्यकर्मी जनस्वास्थ्य निरीक्षक भरत प्रसाद गुप्ताले ६ दिने तालिमले सहभागिहरुलाई राम्रो ज्ञान प्राप्त भएको र नयाँ प्रविधिका नाक, कान, घाटी, एक्सरे, इमर्जेन्सिमा जाँच हुने तालिम पनि भएमा नगरपालिकाको स्वास्थ्य क्षेत्र अझ राम्रो हुने र नगरबासीले सरल तरिकाले राम्रो सुविधा पाउने बताउनुभयो ।
स्वास्थ्य शाखाका सह–संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ता, सुरेन्द्रप्रसाद यादव, स्टार्फ नर्स कविता गुप्ता, सहजकर्ता हिमाल गैरे लगायतका वक्ताहरुले नगरबासीले महशुस गर्नेगरी स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज खडकाको अध्यक्षतामा तालिम सम्पन्न भएको थियो ।

तालिममा सहभागि स्वास्थ्यकर्मीहरु
   

Add Comment

Click here to post a comment

You cannot copy content of this page