कञ्चनरुप , २०७७ पुष २५ गते । सप्तरीमा करेण्ट लागेर हात्तीको मृत्यु भएको छ । योसँगै डेढ महिनाभित्र करेन्ट लागेर दुई हात्तीको मृत्यु भएको छ ।
खडक नगरपालिकामा एउटा हात्तीको करेन्ट लागेर मृत्यु भएको हो । हात्तीको आतंकविरुद्ध नगरपालिकाको वडा नम्बर ४ अमहामा स्थानीयले जोडेको विद्युतीय धरापमा परी शनिबार बिहान हात्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको भाले हात्ती गाउँ प्रवेश गर्न लाग्दा करेन्ट लागेर मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर प्रसाद साहले बताउनुभयो ।
सप्तरीकै कञ्चनरुप नगरपालिकामा यसअघि मंसिर ७ मा एउटा हात्तीको करेन्ट लागेर नै मृत्यु भएको थियो ।
Add Comment