समाज

रुपनीमा सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

कञ्चनरुप , २०७७ पुष २२ गते ।
सप्तरीको पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपनी गाउँपालिका–१ स्थित नेपाली सेनाको गाडीले आज बुधबार मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको नेपाली सेनाको बा. १ ग १९८१ नम्बरको वानटन गाडीले सोही दिशाबाट जादैँ गरेको स ५ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिना सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नं. २ का ६५ वर्षीय रामचन्द्र प्रसाद चौधरी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।
ठक्करबाट घाइते थारुको उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाली सेनाको सूर्यदल गण विराटनगरबाट भैरव दल गण ललितपुरका लागि अदलीबदली गर्न ३२ जनाको टोली लिएर जाँदै गरेको वानटनले मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने गाडी र चालक धरान–१७ का मनिषराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page