समाज

रुपनीमा दुई मोटरसाइकल एकआपसमा ठोकिंदा तीन जना गम्भीर

बृजमान तामाङ /
बिरेन्द्र बजार, २०७७ पुष २६ गते ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ स्थितमा आईतवार दुई मोटरसाइकल एक आपसमा ठोकिंदा ३ जना गम्भीर घाईते भएका छ्न ।
पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको बा ३२ प ५२२९ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको स ७ प ५८२० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिंदा उनीहरु घाईते भएका हुन ।
घाईते हुनेमा बा ३२ प ५२२९ नम्बरको मोटरसाइकल चालक सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ बस्ने ३५ बर्षिय पुरुशोतम शर्मा र अर्को मोटरसाइकल चालक खडक नगरपालिकाका ३७ बर्षिय हरेराम सरदर र पछाडी सवार निजका पत्नी ३५ बर्षकी देउकी सरदार रहेको प्रहरीले जनाएका छ ।
घाइतेहरुलाई प्रहरीले उद्वार गरि तत्कालै उपचारका लागि स्थानीय युनिक अस्पताल रायपुर पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता प्रहरी नायब उपरीक्षक भुबनेश्वर प्रसाद साहले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाईते तीनैजनाको युनिक अस्पतालमा उपचार भईरहेको तथा दुर्घटनाग्रस्त दुबै मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको प्रबक्ता डिएसपी साहले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page