समाचार स्वास्थ्य

कोभिड १९ लगायतका विभिन्न रोगहरुको रोकथाम नियन्त्रण तथा निगरानीका लागि अन्तरक्रिया

कञ्चनरुप, २०७७ पुष २९ गते । सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कंचनपुरले आज बुधबार कोभिड १९ लगायतका विभिन्न महामारी जन्य रोगहरुको रोकथाम नियन्त्रण तथा निगरानीका लागि सरोकारबालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा कोभिड १९ सिआइसिटि टिम संयोजक विकास कुमार गुप्ताले कोभिड १९ को हालसम्मको अवस्थाको बारेमा जानकारी गराउँदै क्वारेन्टिनमा रहेका पुरुष ६ सय ४० र महिला ६८ जना गरी जम्मा ७ सय ८ जना , होम क्वारेन्टिनमा बसेको २ सय ६५ जना, स्वाव संकलन पुरुष १ हजार ४ सय ८४ जना, कोरोनाबाट संक्रमितको संख्या पुरुष ८१, महिला २२ गरी जम्मा १ सय ३ जना , कोरोनाबाट मृत्यु हुनेको संख्या पुरुष ३ महिला १ गरी जम्मा ४ जना, दुर्गा आइसोलेसनमा रहेका पुरुष २५ महिला ४ गरी जम्मा २९ जना , बाहिरको आइसोलेसनमा रहेका पुरुष १९, महिला ४ गरी जम्मा २३ जना जसमा राजबिराजमा १४, बाहिर ९ जना ,होम आइसोलेसनमा रहेका पुरुष ३७, महिला १४ गरी जम्मा ५१ जना रहेको बताउनुभयो ।

यस नगरपालिकामा हाल कोरोना संक्रमितको खोजविन जारी रहेको साथै पहिलो चरणको खोप लगाउनु पर्ने समूहको अनुमति विवरण सम्बन्धि मन्त्रालयमा पठाइ सकिएको र विस्तृत विवरण तयार भइरहेको जानकारी गराउनु भएको थियो ।

स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवले सरोकारवालाहरु सँग सञ्चार समन्वय तथा सहकार्य गरी विभिन्न महामारी जन्य रोगहरुको प्रभावकारी रोकथाम तथा नियन्त्रण गर्ने यसको उदेश्य रहेको जानकारी गराउनुभयो ।

नगर प्रमुख बसन्त कुमार मिश्र , नगर उपप्रमुख निरु पोखरेल, स्वास्थ्य शाखाका सह संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ता, स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादव लगायतका वक्ताहरुले जनताले महशुस गर्नेगरी स्वास्थ्य क्षेत्र विकास गर्ने बताउनुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page