आइतबार, ९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, ९ कात्तिक २०८३
धर्म संस्कृति

तराईको मुलवासी थारु जाती कला, संस्कृतीका धनी हुन्छन् : सांसद प्याकुरेल

उत्सव आचार्य /
कञ्चनरुप, २०७७ माघ १ गते ।

तराईको धर्तीपुत्र भनेर चिनिने तथा आदिमकाल देखि बसोवास गर्दै आएका थारु समुदायले पौराणिक कला सस्कृतिलाई प्रस्तुत गरेर धुमधामका साथ माघी महोत्सव मनाएका छन् ।
बिहिवार सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ३ स्थित बरमझिया सुब्बाटोलमा थारु समाज बरमझिया, सुब्बाटोलले जातिय पहिचान झल्कने किसिमको कार्यक्रम गरेर गर्वान्वित भएका छन् ।
तिले लडडु र मिठा परिकार खाने माघे संक्रान्ती पर्व बाहेक यस जाती समुदायको नयाँ बर्ष आजैको दिन देखि शुरुवात हुने भएकोले पनि थारु जातीले यो पर्व बिशेषरुपले मान्दछन् । २६४४ औं वर्षमा उकालो लागेको नयाँ बर्षलाई धुमधामले मनाउँने क्रममा यस स्थानमा गत बर्ष देखि मनाउँन लागिएको हो र बिगतको तुुलनामा यसबर्ष अतिरिक्त कार्यक्रमहरु समावेश गरिएको आयोजकले बताए ।


जिल्लाका आधा दर्जनजति कार्यपालिका र सुनसरी जिल्लाबाट जातिय पहिरन,कला, संगीत संगै झाँकी लिइएर सहभागि भएका थिए । समारोहमा थारु चलचित्र, कला, सस्कृति संघ सुनसरीका कलाकार र सप्तरीका कलाकार भाई बहिनीद्वारा थारु सस्कृति संगीत र नृत्य एवं पौैराणिक संगीतकारहरुले खचामखच दर्शकहरुलाई मनमग्न बनाएका थिए ।
थारु समाज सुब्बाटोलका अगुवा महेश्वर चौधरीको अध्यक्षतामा आयोजित महोत्सव कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रिय सदस्य सुमनराज प्याकुरेलले भन्नुुभयो— तराईको मुलवासी थारु जाती कला, सस्कृतीका धनी हुन्छन् जात, धर्म, अनुसार सस्कृतीमा पर्ने रहनसहन, भेषभुषा तथा आहारबिहारमा समेत यि समुदाय कटिबद्व हुन्छन् ।


देश जनताको हो तसर्थ सम्पूर्ण जातीको आ आफ्नै भाषा, भेष, सस्कृतीलाई जगेर्ना गर्नुपर्छ कसैले पनि जातीय संस्कृतीप्रति दखल गर्ने वा शासन जमाउँने गर्छभने त्यो कानुनमा फस्नेछ । यस्तो व्यवस्थालाई कडाइको साथ लागु गर्न नेकपाले प्रमुख भुमिका खेलेको भन्दै नेता प्याकुरेलले बर्तमान केपी ओली सरकारको उदाहरण दिनुभयो ।
कञ्चनरुपका नगर प्रमुख बसन्त कुमारले आफना जातीका लागि दृढताका साथ लागिपर्ने जाती मध्ये थारु एक हो भन्नुभयो । वहाँले दहेजप्रथाको कुरा उठाउँदे भन्नुभयो—छोरीलाई समाजमा हेला गर्ने प्रबृत्ति छदैंछ यसको अन्त्य गरेरै जानुपर्छ । आज गााउँघरमा जतिपनि बालबच्चा पछाडी परेका छन् त्यो शिक्षा नै हो तेसैले शिक्षामा छोरालाई मात्र होइन छोरीलाई पनि अनिवार्य लगाउँनु पर्छ नगर प्रमुखले थप्नुभयो ।
जनता समाजवादी पार्टीका निर्वाचन क्षेत्र नं १ का संयोजक माधव प्रसाद चौधरी, नेकपाका केन्द्रिय सदस्य मनाई महतो , थारु समाजकी केन्द्रिय अध्यक्ष हरीकला चौधरी लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page