स्वास्थ्य

नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस फेला परेको पुष्टि , दुई पुरुष र एक महिला छन्

काठमाडौं , २०७७ माघ ५ गते। नेपालमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा परीक्षण गर्दा उनीहरूमा नयाँ प्रकारको कोरोना भाइरसको सङ्क्रमण भएको पाइएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै त्यसको पुष्टि गरेको छ।
गत पुस पहिलो साता बेलायतबाट फर्केका मध्ये ६ जनालाई निगरानीमा राखी उनीहरूको स्वाब परीक्षण गर्न पुस २७ गते हङकङ प्रयोगशाला पठाइएको र आज इमेलबाट रिपोर्ट प्राप्त भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
मन्त्रालयका अनुसार २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा रिपोर्ट नेगेटिभ आइसकेको छ र ६७ वर्षीय पुरुषमा पोजेटिभ देखिए पनि अझै कुनै लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page