आइतबार, ९ कात्तिक २०८३
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, ९ कात्तिक २०८३
विज्ञापन · 320 × 100728 × 90यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: ९८१४७२८१७१ · krnewsportal@gmail.com
राजनीति

समृद्वशाली परिकल्पनाका लागि सवल र गतिशिल एजेण्डा लिएर सप्तरीमा बृहत नेकपा युवा भेला माघ ८ गते

डम्बर राई /
कञ्चनरुप , माघ ६ गते ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सप्तरीले यहि माघ ८ गते बृहतरुपमा युवा भेला गर्ने भएको छ ।
पार्टीलाई ध्रुविकरणको अवस्थामा पुर्‍याउने एक खाले गुटले ठुलो षणयन्त्र मात्र बनाएन पार्टीलार्ई कित्ता लगाउँने खालका काममा समेत सक्रिय भएर अहिले सडकमा कुर्लदै छन् । पार्टीलाई शक्तिबाट तलझार्ने काममा जुटेर घाटा व्यहोर्नु परेको नबुझ्ने नेपाल दाहाल पक्षले पार्टी चलाउँन सक्दैन तसर्थ पार्टीका सबै युवाहरु यथास्थानमै रहन युवा संघका केन्द्रिय सदस्य मनिष श्रेष्ठले आग्रह गर्दै भने— अब पार्टी हामी चलाउँछौ यदि तपाईहरु सच्चा कम्युनिष्ट हो भने आउनुस् अझै केहि भएको छैन ।

पार्टी कसरी बिगार्ने, टुक्रयाउने, सोंचका गेमले पार्टी र आफ्नो सरकारलाई राम्रो र यसको बिकास हुनुपर्छ भन्ने नेपाल र प्रचण्ड पक्षलाई कहिले भएन युवा नेता श्रेष्ठको दावी छ । उनले भने—हामी बिचारले उनीहरु भन्दा फरक छौं, हाम्रा बिचार, नीति निस्वार्थ छ, समृद्वशाली देशको परिकल्पना छ त्यसैले हामी आम युवाहरुले यतिबेला प्रतिगामीहरुसंग चनाखो बन्नुपर्छ ।
सवल र गतिशिल एजेण्डा निर्माण गर्न ८ गते राजबिराजको राजरंगशालामा हुन गइरहेको आम युवा भेलामा सम्पूर्ण युवाहरु शसक्तरुपमा सहभागि हुने श्रेष्ठले बताए । जिल्लाको १८ वटै पालिकाबाट हजारौंको संख्यामा युवाहरु आउँने पूर्व तयारी भइसकेको श्रेष्ठले बताउनुभयो ।

बृहत मोटरसाइकल ¥याली सहित राजविराजमा युवा भेला गरिने र त्यसको नेतृत्व पूर्व मन्त्री महेश बस्नेतले गर्नुहुने अर्का युवा नेता केवल खत्रीले बताउनुभयो ।
८ गतेको युवा भेला भव्यरुपमा सम्पन्न गर्नका लागि आज मंगलवार अगुवा युवा नेताहरु भेला बसी हजारौं मोटरसाइकल ¥याली निकाल्ने तयारीमा रहेको युवा नेता अरुण कुमार यादवले बताउनुभयो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: ९८१४७२८१७१

You cannot copy content of this page