स्वास्थ्य

सप्तरीमा कोरोना संक्रमितको संख्या शुन्य

कञ्चनरुप , माघ १० गते । सप्तरीमा शुक्रबार सम्ममा कोरोना संक्रमितको संख्या शुन्यमा झरेको छ ।
शुक्रबार दुई जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि जिल्लामा एकजना पनि संक्रमित नरहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।
जिल्लाभरि १३ वटा क्वारेन्टाइन र ७ वटा संस्थागत आइसोलेशन रहेकोमा संक्रमितहरु एउटै पनि बाँकी नरहदा ती सबै आइसोलेशन र क्वारेन्टाइन खाली भएको यादवले बताउनुभयो ।
हालसम्म सप्तरीमा २१ हजार १ सय ६८ जनाको स्वाब परिक्षण गरिएकोमा १९ हजार ३ सय ९९ नेगेटिभ तथा १ हजार ८ सय ३० जना पोजेटिभ आएको र ती मध्येका ४१ जना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page