राम नारायण यादव /
राजविराज, माघ १५ गते । सप्तरीको हनुमाननगर कंकालिनी नगपालिकामा–१ मा बिहीबार बिहान मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ, दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका–३ सकरपुरा मुखिया टोलका ३० वर्षीय शिंक कुमार मुखिया रहेको जिल्ला प्रहरी कार्यालय सप्तीले जनाएको छ । घाइते हुनेहरुमा सोही ठाउँका २० वर्षीय राम कुमार मुखिया र २५ वर्षीय राम अवतार खंङ रहेको प्रहरीले जनाएको छ ।
मोटरसाईकल चालक साहसहित तीन जना सवार स.३ प ३०४७ नम्वरको मोटरसाईकल पूर्वबाट पश्चिम तर्फ आउँदै गर्दा कोशी नहर छेउँमै पहिला देखि बिग्रेर राखेको पुरानो रोलरमा अनियन्त्रि भई ठोकिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृतक मुखियाको शव पोष्टमार्टमको लागी कोशी अस्पताल बिराटनगरमा राखिएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।
सप्तरीको हनुमाननगरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु , दुई जना घाइते













Add Comment