स्वास्थ्य

कञ्चनरुपका १ सय ९० जना स्वास्थ्यकर्मीले लगाए कोरोना बिरुद्धको खोप

उत्सव आचार्य /
कञ्चनरुप, २०७७ माघ १७ गते ।
देशैभर कोरोना भाइरस (कोभिड –१९) बिरुद्धको खोप लगाउने कार्य भई रहँदा सप्तरीको कञ्चनरुप नगरपालिकामा समेत आज शनिबारबाट कोरोना बिरुद्धको खोप लगाउन सुरु गएिको छ ।
२ नम्बर प्रदेश प्रहरी अस्पताल रुपनी स्थित खोपकेन्द्र मार्फत स्वास्थ्यकर्मी र महिला स्वयमसेविका गरी जम्मा १ सय ९० जनालाई कोरोना बिरुद्धको खोप लगाइएको स्वास्थ्य शाखा सहसंयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताले बताउनुभयो । उहाँका अनुसार १ सय २३ स्वास्थ्यकर्मी र ६७ जना महिला स्वयमंसेविका गरी जम्मा १ सय ९० जनालाई कोरोना बिरुद्धको खोप लगाइएको हो ।
नगरपालिकाको स्वास्थ्यकर्मी , महिला स्वास्थ्य स्वयमसेवीका गरि जम्मा २ सय ७२ लाई खोप लगाउने लक्ष्य रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page