समाज

सप्तरीको सुरुङ्गा नगरपालिकामा घुर ताप्दै गरेकी ७५ वर्षीया वृद्धाको जलेर मृत्यु

कञ्चनरुप, माघ २३ गते । सप्तरीमा घुर ताप्दै गरेकी एक वृद्धाको जलेर मृत्यु भएको छ । जाडो भएका कारण घुर ताप्ने क्रममा सुरुङ्गा नगरपालिका–२ हरदियाका नन्कु पासवानकी ७५ वर्षीया श्रीमती कमली देवी पासवानको जलेर मृत्यु भएको हो ।
आफनै घरमा घुर बालेर ताप्दै गरेकी वृद्धाको साडीमा आगो लागेर दुबै खुट्टा, घाँटी र ढाड जलेको थियो । जलेर गम्भीर घाईते भएकी वृद्धाको उपचारको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा भर्ना गरिएकोमा उपचारकै क्रममा विहान करिब ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page