समाज

तिरहुत गाउँपालिकाका अतिविपन्न गरिब परिवारलाई कम्बल र म्याट वितरण

कञ्चनरुप , माघ १८ गते । युरोपियन युनियन र अक्सफाम नेपालको आर्थिक सहयोगमा तथा कोशी पिडित समाज सप्तरीको सहजीकरणमा तिरहुत गाउँपालिकाका अतिविपन्न गरिब परिवारलाई कम्बल र म्याट वितरण गरेको छ ।
अत्याधिक चिसो बढेपछि चिसोबाट जोगाउनका लागि मुसहर र डोम समुदाय , अपाङ्ग , गर्भवती महिला , ज्येष्ठ नागरिक गरी जम्मा ४ सय ५० जनालाई कम्बल (ब्ल्याङ्केट) र म्याट वितरण गरिएको कोशी पिडित समाज सप्तरीका चन्द्रकिशोर कल्याणले बताउनुभयो ।
युरोपियन युनियन र अक्सफाम नेपालको आर्थिक सहयोगमा कोशी पिडित समाजले तिरहुत गाउँपालिकाका अतिविपन्न, गरिब र अशक्त परिवारलाई जाडोबाट जोगाउनका लागि कम्बल र म्याट वितरण गरेर उनीहरुलाई ठुलो राहत मिलेको तिरहुत गाउँपालिकाका अध्यक्ष हेमन्त बहरखेरले बताउनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page