समाज

मृत फेला परेका क्षिरेश्वर डिष्टिलरीका सञ्चालक प्रमोद रेग्मीको हत्या भएको खुलासा

रामनारायण यादव /
जनकपुरधाम ।
१८ दिन अघि धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा मृत फेला परेका पुरुषको हत्या भएको खुलेको छ ।
क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ स्थित क्षिरेश्वर डिष्टिलरीका सञ्चालक उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ७ बस्ने प्रमोद रेग्मी माघ १३ गते मंगलबार मृत फेला परेका थिए ।
आफ्नै कोठामा मृत फेला परेका ५४ बर्षीय रेग्मीको उनकै सालो निरज खातीले हत्या गरेको खुलेको प्रहरीको भनाइ छ । सेयर लगानीसम्बन्धी विवाद हुँदा खातीले रेग्मीको हत्या गरेको खुलेको धुनषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
३५ बर्षीय खातीले अत्यधिक मात्रामा मादक पदार्थ सेवन गराईं बाँसको लठ्ठीले टाउकोमा प्रहार गर्दा रेग्मीको ज्यान गएको प्रवक्ता मिश्रले बताए । हत्या आरोपमा पक्राउ परेका खातीलाई शुक्राबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page