जीवनशैली

आज प्रणय दिवस (भ्यालेन्टाइन डे), विश्वभर प्रेम साटासाट गरी मनाइँदै

सप्तरी , २ फागुन २०७७ । आज फेव्रुअरी १४ अर्थात प्रणय दिवस (भ्यालेन्टाइन डे) विश्वभर एक आपसमा उपहार अनि प्रेम साटासाट गरी मनाइँदै छ ।
विशेषगरी युवापुस्तामा लोकप्रिय प्रणयदिवस अर्थात भ्यालेन्टाइन डेमा विश्वभर नयाँ प्रेमी प्रेमिकाले एक अर्कालाई प्रेम प्रस्ताव गरी मनाउने गरिन्छ ।
प्रणय दिवसको अवसरमा परिवार साथीभाइहरुलाई विभिन्न उपहार प्रदान गरी प्रेम सद्भाव साटासाट गर्ने प्रचलन पनि रहेको छ ।

प्रेमका पक्षधर सन्त भालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रत्येक वर्षको फेव्रुअरी १४ मा भालेन्टाइन दिवस मनाउने गरिएको छ ।
विशेषगरी यस दिवसमा गुलावको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने गरिएको छ ।
‘विल यु वि माई भ्यालेन्टाइन’ आज सबैले आफ्ना प्रेमी तथा प्रेमिकालाई यही वाक्यबाट सम्बोधन गर्ने गर्छन् ।
यो दिवसको सुरुवात प्राचिन रोमनबाट शुरु भएको हो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page