स्वास्थ्य

नेपालमा प्रयोग भइरहेको कोरोना भाइरसविरुद्धको खोप कोभिशिल्डलाई डब्ल्यूएचओको अनुमति

नेपालमा प्रयोग भइरहेको कोरोना भाइरसविरुद्धको खोप कोभिशिल्डलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।
डब्ल्यूएचओले भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिशील्ड र दक्षिण कोरियाको अस्ट्राजेनेका–एसकेबायोले उत्पादन गरेको खोपलाई सूचीकृत गरेको हो ।
कोभिशिल्डको प्रभावकारिता ६३ प्रतिशत पाइएको र १८ वर्षभन्दा माथि उमेरका सबैलाई लगाउन मिल्ने डब्ल्यूएचओले जनाएको छ ।

नेपालमा अहिले भारतले अनुदानमा उपलब्ध गराएको कोभिशिल्ड खोपबाट खोप अभियान चलिरहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page