समाज

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कञ्चनरुप , ६ फागुन २०७७ । सप्तरीको बोदेबसाइन नगरपालिका आज दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
स ११ प ४६४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा खडक नगरपालिका वडा नम्बर ९ लालपटीका ३१ वर्षीय मोटरसाइकल चालक मो. लियाकत अलीको मृत्यु भएको हो ।
उपचारका लागि स्थानीय जीवनदिप हस्पिटलमा लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदे बसाइनले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page