मधेस प्रदेश समाचार

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

सप्तरी , ७ फागुन २०७७ । प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त हुनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा आजै प्रदेश नं. २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरी रिक्त पदमा रौतहट निवासी झालाई नियुक्त गर्नुभएको हो ।
उहाँले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राजेश झालाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page