शुक्रबार, १४ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शुक्रबार, १४ कात्तिक २०८३
समाचार

राजविराज कारागारका दश जना कैदीको कैद सजाय मिनाहा

कञ्चनरुप , फागुन ७ गते । राजविराज कारागारका दश जना कैदीको कैद सजाय मिनाहा भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले उनीहरुको कैद मिनाहा गरेको राजविराज कारागारका निमित्त जेलर संजयकुमार रामले बताउनुभयो ।
कैद मिनाहा पाउनेहरुमा बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान लगायत मुद्दाका कैदीबन्दीहरु छन् । प्रशासन कार्यालय र कारागार शाखाको सिफारिसमा असल बानीव्यहोरा भएका, कारागारको मापदण्ड पूरा गरेका कैदीलाई सजाय छुट दिने व्यवस्था र मापदण्ड अनुरुप उनीहरुको कैद सजाय मिनाहा भएको हो । उनीहरुलाई आजै रिहा गरिएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page