बुधबार, १२ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १२ कात्तिक २०८३
समाचार

सप्तरीमा भन्सार छलीका ४ लाख ७९ हजारका सामान बरामद, पटका पनि नष्ट

कञ्चनरूप, ११ कार्तिक । सप्तरीमा सशस्त्र प्रहरी बलले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेका करिब ४ लाख ७९ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। प्रहरीले पटका (आतसबाजी) समेत बरामद गरी नष्ट गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ६ गण हेडक्वार्टर सप्तरीबाट कार्तिक ११ गते खटिएको टोलीले जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट भन्सार छली गरी ल्याइँदै गरेका लत्ताकपडा, कुर्सी तथा विभिन्न किसिमका किराना सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरीले ती सामान ढुवानीमा प्रयोग गरिएका ३ वटा साइकल र १ वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। बरामद गरिएका सामान र सवारीसाधनसहित अवैध चोरी पैठारीका सामानको कुल मूल्य ४ लाख ७९ हजार ३० रुपैयाँ रहेको जनाइएको छ।

बरामद गरिएका अवैध सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरी, सोही दिन प्रहरीले १ लाख ९३४ रुपैयाँ बराबरका आतसबाजी (पटका) समेत बरामद गरेको छ। बरामद गरिएका पटका प्रचलित कानुनबमोजिम नष्ट गरिएको जनाइएको छ।

सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी पैठारी नियन्त्रण तथा गैरकानुनी रूपमा भित्र्याइने विस्फोटकजन्य सामग्रीको ओसारपसार रोक्न सशस्त्र प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिँदै आएको छ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page