बिहीबार, १३ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, १३ कात्तिक २०८३
समाज

सप्तरी प्रहरीद्वारा अवैध घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट

कञ्चनरूप, १२ कार्तिक । सप्तरीको विष्णुपुर गाउँपालिका–१ मधेपुरामा अवैध रूपमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको छ।

बिहीबार साँझ करिब ५ बजे वडा प्रहरी कार्यालय राजविराज, सप्तरीबाट खटिएको प्रहरी टोलीले स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सहयोगमा उक्त कच्चा पदार्थ नष्ट गरेको हो।

अवैध रूपमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण भइरहेको भन्ने सूचनापछि प्रहरी टोलीले सम्बन्धित स्थानमा पुगेर कच्चा पदार्थ नष्ट गरेको जनाइएको छ।

अवैध मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले स्थानीय जनप्रतिनिधि र समुदायसँगको सहकार्यमा उक्त कारबाही गरेको हो।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page