स्वास्थ्य

नेपालमा आज ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि, ४८ जना सङ्क्रमणमुक्त ,२ जनाको मृत्यु

सप्तरी , १५ फागुन २०७७ । देशभर २ हजार ८ सय २४ वटा नमुनाको परीक्षण गर्दा ४६ पुरुष र ३५ महिला गरी ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ७४ हजार ६५ पुगेको छ ।
कोरोना सङ्क्रमणबाट आज ४८ जना निको भएका छन् । योसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७० हजार ३ सय २५ पुगेको छ ।
आज कोरोना सङ्क्रमणका कारण २ जनाको मृत्यु भएसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार ७ सय ७३ पुगेको छ ।
अहिलेसम्म २१ लाख ६० हजार ४०४ जनाको पिसीआर परिक्षण भएको छ ।
हाल ९६७ जना आइसोलेशनमा र ६२ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page