स्वास्थ्य

कञ्चनरुप ८ द्वारा महिला स्वास्थ्य स्वयंमसेवीकाहरुलाई साइकल वितरण

कञ्चनरुप , फागुन १७ गते । सप्तरीको कञ्चनरुप नगरपालिका ८ नम्बर वडाले आज सोमवार महिला स्वास्थ्य स्वयंमसेवीकाहरुलाई साइकल वितरण गरेको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्तकुमार मिश्रले स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंमसेवीकाहरुलाई काम गर्न सजिलो होस भनेर साइकल प्रदान गरिएको बताउनुभयो ।

स्वास्थ्य क्षेत्रको विकास र सुधार नभएसम्म मानव जिवनमा विभिन्न खाले समस्या आउँने हुँदा स्वास्थ्य क्षेत्रलाई सबै मिलेर राम्रो बनाउनुपर्ने प्रमुख मिश्रले बताउनुभयो ।
स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादव , सह संयोजक डम्बरप्रसाद गुप्ता, सुरेन्द्रप्रसाद यादव, प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरका प्रमुख डा. संजिवकुमार झा , पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरी लगायतका वक्ताहरुले समाजलाई राम्रो बनाउन स्वास्थ्य क्षेत्र राम्रो हुनुपर्ने बताउनुभयो ।

९ जना महिला स्वास्थ्य स्वयंमसेवीकाहरुलाई १ थानका दरले नौ थान साइकल वितरण गरिएको वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार साहले बताउनुभयो ।
साइकल वितरण कार्यक्रम वडा नम्बर ८ का वडा अध्यक्ष साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page