राष्ट्रिय

एसिड पीडित मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड प्रदान

काठमाडौं। एसिड आक्रमणबाट पीडित पर्साकी मुस्कान खातुनले प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) अवार्ड पाएकिछन्।
अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने आईडब्ल्यूओसी अवार्डबाट खातुन सम्मानित हुन लागेकि हुन । उनी यो अवार्ड पाउने पहिलो नेपाली हो ।
आगामी ८ मार्चमा भर्चुअल कार्यक्रमकाबीच अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री एन्टोनी ब्लिङ्कले उक्त पुरस्कार प्रदान गर्नै छन् ।
गत २०७६ सालमा विद्यालय जाँदै गर्दा मुस्कानमाथि एसिड आक्रमण भएको थियो। एसिड आक्रमणपछि उनी अहिले आफूजस्तै अन्यायमा परेकाहरूको लागि आवाज बुलन्द गर्दै आइरहेकी छन्।
अघिल्ला वर्षमा पाकिस्तानकी किशोरी मलाला युसुफजईलाई पनि यही पुरस्कारबाट सम्मान गरिएको थियो ।

   

You cannot copy content of this page