राष्ट्रिय

राष्ट्रपति भण्डारीद्वारा अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड जित्न सफल मुस्कान खातुनलाई बधाई तथा शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ जित्न सफल भएकी मुस्कान खातुनलाई बधाई दिनुभएको छ।
अमेरिकी सरकारले तेजाव आक्रमणबाट पीडित वीरगञ्जकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गर्ने घोषणा शुक्रबार गरेको थियो। त्यसको भोलिपल्ट सामाजिक सञ्जाल ट्विट्मार्फत मुस्कानलाई राष्ट्रपति भण्डारीले बधाई दिनुभएको हो।
‘एसिड आक्रमणको असैह्य पीडालाई शक्तिमा बदल्दै यस जघन्य अपराधविरुद्ध कडा कानून र सजायका लागि साहसिक अभियान सञ्चालन गर्ने किशोरी मुस्कान खातुनलाई प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकोमा मुस्कान खातुनलाई हार्दिक बधाई तथा अमेरिकी सरकारलाई धन्यवाद’, राष्ट्रपतिको बधाई सन्देशमा उल्लेख गरिएको छ।

आगामी ८ मार्चमा भर्चुअल कार्यक्रमकाबीच अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री एन्टोनी ब्लिङ्कले उक्त पुरस्कार प्रदान गर्नै छन् ।
१५ वर्षीया खातुन यो अवार्ड पाउनेमध्ये संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति हुन्। तेजाव आक्रमणको अन्त्यका लागि उनको निरन्तर कार्यको प्रशंसा गर्दै सो प्रतिष्ठित पुरस्कार प्रदान गर्न लागिएको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page