आइतबार, ९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, ९ कात्तिक २०८३
कोशी प्रदेश

झापाको मेचीनगरबाट लागूऔषध अफिम सहित २ जना भारतिय महिला पक्राउ

झापा, फागुन २६ गते । झापाको मेचीनगरबाट लागूऔषध अफिम सहित २ जना भारतिय महिला पक्राउ परेका छन् ।
मेचीनगर नगरपालिका ६ स्थित न्युन बिशाल होटलबाट आज बुधवार दिउसो लागूऔषध अफिम सहित भारत मनिपुर बस्ने ३० वर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८ वर्षीया गायत्री देवी क्षेत्री पक्राउ परेका हुन ।
प्रतिबन्धित लागूऔषध अफिमको कारोबार भईरहेको गोप्य सुचनाको आधारमा लागूऔषध नियन्त्रण व्युरो कोटेश्वर काठामाण्डौं र ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठा नम्बर १०५ बाट उनीहरुलाई प्लाष्टिकको जेब्रा झोला भित्र दुई वटा पोका बनाई लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध अफिम २ किलो सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकरभिट्टा झापाले जनाएको छ ।
पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page