स्वास्थ्य

फत्तेपुरमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न

खगेन्द्र कार्की /
फत्तेपुर , २०७७ चैत्र १ गते ।
सप्तरीको सप्तकोसी नगरपालिकामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
सप्तकोसी नगरपालिका वडा नम्बर १ मा रहेको फत्तेपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नेत्र ज्योति संघ र सगरमाथामा चौधरी आँखा अस्पताल लहानको संयुक्त आयोजनामा शनिवार सन्चालन गरिएको एक दिने निःशुल्क आँखा शिविरमा २ सय ६५ जनाले आँखा परिक्षण गरेका छन् ।
परिक्षणमा आँखाको समस्या भएकाहरुलाई निःशुल्क औषधी बितरण गरिएको छ । आँखा शिविरमा ६० जनालाई मोतिया बिन्दुको समस्या देखा परेकाले निःशुल्क अप्रेसनको लागि सगरमाथा चौधरी आँखा अस्पताल लहान लगिएको सहकारीका व्यवस्थापक ईश्वरि प्रसाद नेपालले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page