समाचार

चैत २५ गते नेपाल पत्रकार महासंघको निर्वाचन हुने

काठमाडौं , ४ चैत्र । नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ । आज महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको बैठकले प्रदेश, जिल्ला, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन चैत्र २५ गते एकै दिन गर्ने निर्णय गरेको छ ।
सबै तहको निर्वाचन कार्यतालिका चैत ७ गते प्रकाशन हुने महासङ्घले जनाएको छ । निर्वाचनको मिति तय भएसँगै आजैदेखि पत्रकार कपिल काफ्लेका संयोजकत्वमा गठित निर्वाचन समितिले काम अघि बढाउने जनाइएको छ ।
समितिका सदस्यमा अधिवक्ता अरुण पौडेल, कपिलचन्द्र पोखरेल, कृष्णमाया भुसाल, हरेन्द्र राई र देवेन्द्र झा तथा सदस्य सचिवमा भक्तिराम घिमिरे रहनुभएको छ ।
महासङ्घको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page