समाज

सप्तरीमा अवैध लागूऔषध सहित एक पक्राउ

कञ्चनरुप (सप्तरी) , चैत ६ गते । सप्तरीमा अवैध लागूऔषध सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका १ का रमेश कुमार दास रहेका छन । उनलाई प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका १४ रम्पुराबाट अवैध लागूऔषध सहित पक्राउ गरेको हो ।
दासको साथबाट ५१ एम्पुल लेजिसिक , ५१ एम्पुल फेनारागन , ५१ एम्पुल डाइजेल्याब गरी १ सय ५३ एम्पुल लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दास उपर लागूऔषध मुद्दा गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान प्रारम्भ गरिएको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page