समाचार

प्रेस मन्च नेपाल सप्तरीद्वारा यादव र भट्टराई लाई सम्मान

बृजमान तामाङ /
बिरेन्द्र बजार, ८ चैत ।
प्रेस मन्च नेपाल सप्तरीले प्रदेश आम संचार प्रधिकरण प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादव र मिडिया काउन्सिल प्रदेश २ का अध्यक्ष शिवहरी प्रसाद भट्टराईलाई सम्मान गरेको छ ।
प्रेस मन्च नेपाल सप्तरीद्वारा आईतवार राजबिराजमा आयोजित एक कार्यक्रमको बिच पाग, गम्छा र फुलमाला लगाएर अध्यक्षद्वोयलाई सम्मान गरेको हो ।
कार्यक्रममा प्रेस मन्च नेपालका नेपाल पत्रकार महासंघका आसन्न प्रादेशिक समिति कार्यदल सदस्य जितेन्द्र खड्गा, भोला पासवान, प्रेस मन्च नेपाल सप्तरीका अध्यक्ष बृजमान तामाङ, शुभचन्द्र झाले मिथिला पाग, गम्छा र माला लगाएर अध्यक्षद्वोय यादव र भट्टराईलाई सम्मान गरे ।

नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष एवम् प्रेस मन्च नेपालका प्रादेशिक समितिका सदस्य जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रेस मन्च नेपालका केन्द्रिय सदस्यहरु बैधनाथ यादव, नवीन नरसिंह नेपाली, चन्दन यादव, प्रिया सिंह थारु, रामाधिन साह लगायतका प्रेस मन्च नेपाल सप्तरीका पधाधिकारीहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा प्रेस युनियन परित्याग गरि केन्द्रिय सदस्य अबधेश झा, जिल्ला अध्यक्ष रामनारायण बिश्वासको नेतृत्वमा आध दर्जन पत्रकारहरु प्रेस मन्च नेपाल प्रबेश गरे । यसैगरी सोही कार्यक्रममा पत्रकार शुभ नारायण यादव र कृष्णा कुमार मण्डल प्रेस मन्च नेपालमा प्रवेश गरे ।
नव प्रबेशीहरुलाई प्रेस मन्च नेपाल सप्तरीका अध्यक्षद्वोय बृजमान तामाङ, शुभचन्द्र झाले माला र अबिर लगाएर स्वागत गरे । यसैबीच प्रेस मन्च नेपाल सप्तरीद्वारा नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि अन्य संगठनसंग बार्ता, सम्बाद ,सहकार्य र कार्यगत एकताका लागि कार्यदल बनाएको जनाएको छ ।
जितेन्द्र खड्गाको संयोजकत्वमा रहेको कार्यदल सदस्य हरुमा भोला पासवान, बृजमान तामाङ, शुभचन्द्र झा, नवीन नरसिंह नेपाली, रामनारायण बिश्वास सदस्य रहेको प्रेस मन्च नेपाल सप्तरीका अध्यक्ष तामाङ र झाद्वारा संयुक्त हस्ताक्षरमा जारी प्रेस बिज्ञाप्ति मार्फत जानकारी गराएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page