आइतबार, १४ मंसिर २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, १४ मंसिर २०८३
स्वास्थ्य

सीमा नाकामा स्वास्थ्य सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी देश हुँदै नेपाल भित्रने सीमा नाकामा स्वास्थ्य मापदण्डको पालना तथा सङ्क्रमणको जाँच गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ ।

मन्त्रालयको आजको प्रेस ब्रिफिङमा इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा.कृष्णप्रसाद पौड्यालले हाल छिमेकी देश भारतमा कोरोना संक्रमण बढिरहेकाले भारत नेपाल सीमाका सबै प्रवेश बिन्दुहरूमा ज्वरो तथा लक्षणको जाँच गर्न सम्बन्धित स्वास्थ्य कार्यालयलाई निर्देशन गर्नभयो ।

डा. पौड्यालले देशमा पूनःसंक्रमणको जोखिम कम गर्न नेपाल भित्रने सबै नागरिकलाई जनस्वास्थ्यका मापदण्ड अपनाउँदै क्वारेनटाइनमा बस्न, सङ्क्रमणको उच्च जोखिम हुन सक्ने क्षेत्रको पहिचान गरी समुदायमै एन्टीजेन परिक्षण गर्न समेत स्वास्थ्य निकायलाई निर्देशन दिनुभयो ।

मन्त्रलयले छिमेकी देशहरूमा कोरोना संक्रमण बढेकाले नेपालमा समेत यसको जोखिम बढ्न सक्ने भन्दै देशभर सभा, जुलुस, भेला, गोष्ठी, सेमिनार, बैठक भिडभाड हुने व्यवसाय तथा कार्य नगर्न अनुरोध गरेको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page