कञ्चनरुप (सप्तरी) , ९ चैत्र । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर –५ को आयोजनामा आज सोमवार पिप्रापूर्वमा बेरोजगार युवायुवतिहरुलाई तरकारी खेती सम्बन्धि एक दिने तालिम तथा बीऊ विजन वितरण कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले बेरोजगार समस्यालाई न्यूनिकरण गर्नका लागि नगरपालिकाले युवायुवतिहरुका लागि रोजगार मूलक तालिमको आयोजना गरिएको बताउनुभयो ।
त्यसैगरी वडा सचिव वविता चौधरी, पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरी, लगायतका वक्ताहरुले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतारी रोजगारी अवसर अपनाउन आग्रह गर्नुभएको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/164239085_275930480778241_2232828626923396136_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/164239085_275930480778241_2232828626923396136_n.png)
३५ जना सहभागि तालिममा कृषि विकास शाखाको बेचन सढोक यादवले सहजीकरण गर्नुभएको थियो भने तालिममा सहभागिहरुलाई तरकारीको बीऊ समेत निःशुल्क वितरण गरिएको थियो ।
व्डा नम्बर ५ का वडा अध्यक्ष कैलाश कुमार साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/163499348_170116918284198_8637041948921650380_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/163499348_170116918284198_8637041948921650380_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment