स्वास्थ्य

काठमाडौंमा मास्क प्रयोग अनिवार्य, नलगाए कारबाही हुने

काठमाडौं । काठमाडौंमा कोरोना भाइरसको जोखिम बढ्न थालेसँगै मास्कको प्रयोग अनिवार्य गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्तिमार्फत सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क अनिवार्यरुपमा प्रयोग गर्न सूचित गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक स्थलमा भिडभाड नगर्ने, फागू पर्वलाई आफ्नो घरभित्र नै सीमित रही सामाजिक, सांस्कृतिक मर्यादाअनुसार खेल्ने, घर बाहिर तथा सार्वजनिक स्थान, सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रुपमा मास्क, स्यानिटाइजर र सामाजकि भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डलाई परिपालना गर्न अनुरोध गरिएको छ ।’

सार्वजनिक स्थानमा आवत जावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पुरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही समेत हुने व्यहोरा सूचनामा उल्लेख गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page